१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

न्यायको पर्खाइमा सहकारीपीडित

पाठक पत्र

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीको फाइल खोल्छु भनिरहन्छन् । सहकारी पीडितको फाइलचाहिँ कहिले खुल्ला भनेर आम नागरिक पर्खेर बसेका छन् । सरकारीको रकम ठगीमा फरार जीबी राई कहिले पक्राउ पर्लान् भन्ने आम चासो छ । गृहमन्त्री लामिछानेले भने जहाँबाट भए पनि राईलाई समातेर ल्याउने उद्घोष गरेका छन् ।

केही वर्षअघिसम्म लामिछाने र राई ग्यालेक्सी फोरके टीभीमा सञ्चालक थिए । लामिछानेले साँच्चिकै राईलाई समातेर ल्याउलान् त ? सहकारी संस्थाबाट पीडित नागरिक लाखौं छन् । नागरिकले खाई नखाई जम्मा गरेको रकम अपचलन भएको छ । उनीहरू आफ्नो बचत फिर्ताको आसमा बसेका छन् ।

सहकारी संस्थालाई सरकारले समयमा अनुगमन र नियमन गर्न नसक्दा समस्या आएको हो । सहकारीहरू नियमसंगत चलेको भए यो समस्या आउने थिएन । जनताको समस्याप्रति सरकार गम्भीर बन्नुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र १६, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?