काठमाडौँ — कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनको विमान ३ :४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको थियो।
राजकीय भ्रमणमा आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ ।