कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

केन्द्रीय सदस्य कार्कीले लामिछानेलाई भने- सहकारीको विषयमा 'जस्तो कसीमा जाँचिनुपर्ने हो तयार होऔं'

संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीको विषयमा 'जस्तो कसिमा जाँचिनु पर्ने हो, जाचिँन तयार होऔं' भन्दै सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । 

केन्द्रीय सदस्य कार्कीले लामिछानेलाई भने- सहकारीको विषयमा 'जस्तो कसीमा जाँचिनुपर्ने हो तयार होऔं'

बुधबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकबाट सहकारीकोबारेमा संसदीय छानबिन होस् कि अन्य त्यसका लागि तयार हुनुपर्ने उल्लेख गरेका छन् ।

'विश्वास छ हामीलाई - सहकारीको साना साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ । प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानबिन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ । जस्तो कसिमा जाँचिनु पर्ने हो, जाचिन तयार होऔं । तर यो कुरा सकिदिउँ । अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानबिन र जाँचमा उभिने ? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी । अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख' केन्द्रीय सदस्य कार्कीले लेखेका छन् ।

उनले संसदीय छानबिन माग आफ्नो पार्टीकाविरुद्ध भएको भन्ने बुझ्नु गलत हुने उल्लेख गरेका छन् । केही समयअघि सभापति लामिछानले नै लिएको अडान विपरीत जान नहुने उनको भनाई छ । 'हाम्रै सभापतिले केही समय अगाडि संसदमा नै राज्यका प्रहरी प्रशासन जस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण, तिनले गरेका छानबिन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानबिन विशेष समिति बनाउन पर्ने भन्नु भएको थियो । सभापतिले छानबिन समिति बनाउनुपर्छ भन्दा हामी समर्थकहरू संसदबाहिर पनि हो यहि हो भनेर वकालत गरेका थियौँ । आखिर नेपालको धरातलीय यथार्थ त्यही नै हो' केन्द्रीय सदस्य कार्कीले भनेका छन् । तर यो बीचमा केही अलमल भएको भन्दै कार्कीले असन्तुष्टि जनाएका छन् ।

'संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ । तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो बिरुद्धमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ' कार्कीले भनेका छन् ।

सहकारीको विषयमा सभापति लामिछानेले मंगलबार फेसबुकमा पोस्ट गरेपछि बुधबार कार्कीले त्यसबारे टिप्पणी लेखेका हुन् ।

'मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन । सभापतिबाट पटक-पटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलन लगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि भएकै छ । तर त्यति मात्रै पुग्दो भएको छैन ।सवाल जवाफ जस्तो चलिरहेको छ । पटक पटक नयाँ आरोप आउँछन्, जवाफ आउँछ अनि फेरि अर्को नयाँ कुरा आउँछ, फेरि अर्को जवाफ । यहि चक्र कहिलेसम्म ?' कार्कीको प्रश्न छ ।

प्रकाशित : वैशाख ५, २०८१ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?