२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

कृषि बिमा नरोक्न कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौँ — कृषि बिमालेख बिक्री नरोक्न नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघि बिमा कम्पनीहरूले कृषि बिमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बिमालेख बिक्री नगर्ने भन्दै सूचना जारी गरेका थिए ।

कृषि बिमा नरोक्न कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

बुधबार फेरि त्यही पुरानै धारणा दोहोर्‍याउँदै बिमक संघले पुनः विज्ञप्ति जारी गरेको थियो । त्यसपछि प्राधिकरणले बिमालेख बिक्री र दाबी भुक्तानी नरोक्न निर्देशन दिएको हो ।

नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको यस प्राधिकरणको जनाएको छ ।

‘कृषि तथा पशुपन्छी बिमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको छ,’ प्राधिकरणको निर्देशनमा भनिएको छ, ‘र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’ आगामी दिनमा यस प्रकारका बिमा बजारमा भ्रम सिर्जना हुने तथा बिमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले भनेको छ ।

प्रकाशित : वैशाख १२, २०८१ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?