२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ ।

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : वैशाख ७, २०८१ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?