प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।
दाहाल र ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो ।
भेटपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको बताए । संसद्को बजेट अधिवेशन बोलाउने र संसद् सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘संसद्को अधिवेशन छिट्टै बोलाउनु होला, यो सरकारको मामिला हो । संसद्को मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो,' ओलीले भनेका थिए ।
प्रकाशित : वैशाख २०, २०८१ १५:२८प्रतिक्रिया