कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

शक्ति र पहुँचका आधारमा कसैलाई कैद माफी मिनाहा हुन्न : गृहमन्त्री

रुपा गहतराज

नेपालगञ्ज — गृहमन्त्री रवि लामिछानेले  शक्ति र पहुँचका आधारमा कसैको कैद माफी मिनाहा नहुने बताएका छन् । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानुनबमोजिम माफी मिनाहा हुने सुनाए ।

शक्ति र पहुँचका आधारमा कसैलाई कैद माफी मिनाहा हुन्न : गृहमन्त्री

‘तपाईंले आफनो आचरण हेर्ने हो कहाँ शत्ति केन्द्र छ भन्दै परिवारलाइ दौडाउने दिनको अन्त्य गर्छौं ’,कैदीबन्दीको क्षमता अनुसार उनीहरुलाई सीपमुलक कार्यक्रम बनाइने छ । कारागारबाट निस्किएपछि सामाजिक पारिवारिक जीवन सिर्जना गर्ने वातावरण बनाइने छ ,'उनले भने ,‘कैदी जीवनपछि पनि एउटा असल नागरिक भइ जिम्मेवारी पूर्वक बाँच्न पाउनु सबैको अधिकार हो । ’

नेपालगञ्ज कारागारमा तेब्बर कैदीबन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार ले कारागारमा हुने चापलाई व्यवस्थापन गरेको बताए ।

दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगञ्जस्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थान्तरण गरि सञ्चालन गर्ने तयारी कारागार व्यवस्थापन विभागको छ ।

कारागार भित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरुमा सरकारले व्यवस्था गर्ने बताए ।

उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरुको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्री, आन्तरिक मामिलामन्त्री दिनेश पन्थी लगायत बोलेका थिए ।

साढे ९ बिघा क्षेत्रफलमा निर्मित उक्त क्षेत्रीय कारागारलाइर्उ एउटा ब्लकमा १ हजार जना कैदीबन्दी रहनसक्ने गरि ४ वटा ब्लकमा निर्माण गरिएको छ । तीन हजार क्षमताको सो क्षेत्रीय कारागारमा अहिले एक सय ३० कैदीबन्दीहरु रहेका छन् ।



प्रकाशित : वैशाख २०, २०८१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?