कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीवाईडीले उत्पादन गर्‍याे ७० लाख विद्युतीय कार

काठमाडौँ — चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडी ७० लाख कार उत्पादन गर्ने पहिलो कम्पनी बनेको छ । बीवाईडीले चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित ‘डेन्जा एन७’ सार्वजनिक गर्दै बीवाईडी ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ । 

बीवाईडीले उत्पादन गर्‍याे ७० लाख विद्युतीय कार

अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको बीवाईडीले विद्युतीय कार सन् २००८ मा बिक्री गरेको थियो । बीवाईडीले अहिले दर्जनौं मोडल बिक्री गर्दै आएको छ । बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो । लगत्तै १८ महिनामा तीन गुणा पुर्‍याएको थियो । पछिल्लो ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पुर्‍याउन सफल भएको हो ।

सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर विद्युतीय सवारीको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको कम्पनीको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी विद्युतीय सवारी अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका विद्युतीय प्यासेन्जर गाडी बिक्री भइरहेका छन् ।

प्रकाशित : चैत्र १४, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?