२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

क्वेयर युवालाई रचनात्मक लेखन कार्यशाला

काठमाडौँ — क्वेयर युवाहरुलाई रचनात्मक लेखन कार्यशाला ‘आफ्नै कोठा’ सञ्चालन गरिएको छ । एक दिने उक्त कार्यशालामा १६ क्वेयर युवाहरुले सहभागिता जनाएका थिए ।

क्वेयर युवालाई रचनात्मक लेखन कार्यशाला

संयुक्त राष्ट्र संघ–नेपाल र कथा साथले संयुक्त रुपमा अयोजना गरेको हो ।

‘आफ्नै कोठा’ भनेको लेख्न चाहने तर कहाँबाट सुरु गर्ने भन्ने थाहा नभएका वा लेख्नको लागि सहयोग खोजिरहेका क्वेयर लेखकहरूका लागि तयार गरिएको एउटा रचनात्मक कार्यक्रम हो ।

‘यो कार्यशाला सन् २०२२ को डिसेम्बरमा आयोजित एउटै नामको लेखन रेसिडेन्सीको विस्तार र विस्तारबाट प्रेरित भएको थियो । जहाँ नेपालभरका ६ जना लेखकहरूले १० दिनसम्म सँगै लेखेका थिए,’ संयुक्त राष्ट्र संघ नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?