कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

काठमाडौँ — जापानी नागरिकहरूको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको पर्यटकीय बस्ती इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सबै १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था 'ज्याफ्स'ले भवन निर्माण गरेको हो । 

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

करिब एक करोडको लागतमा निर्माण भएको उक्त भवनको जापानी राजदूत कीकुता यूताले उद्घाटन गरेका थिए । भवनको व्यवस्थापन लाल्टिन फाउन्डेसनले गर्नेगरी हस्तान्तरण गरिएको छ । भवन निर्माणका लागि फाउन्डेसनले जमिन उपलब्ध गराएको थियो ।

फाउन्डेसनका अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष सुदर्शन आचार्यका अनुसार उक्त भवनमा एफएम रेडियो संचालन तथा जिल्लाको समग्र जातजातीहरूको पहिचान झल्काउने संग्रालय बनाइने योजना रहेको छ ।

ग्राउन्ड फ्लोर र एक तलासमेतको उक्त भवन ६ कोठाको रहेको छ । आपतकालीन उद्धारका क्रममा स्थानीयलाई बसोबास गर्नसमेत उक्त भवन प्रयोग गरिने बताइएको छ । लाल्टिनका अध्यक्ष आचार्यले बुढीचौरलाई पर्यटकीय स्थलको रुपमा पनि विकास गर्ने बताए । उद्घाटन कार्यक्रमा सहयोगी संस्था र जापानी राजदूतले स्थानीयको प्रयोगका लागि भवन निर्माण गरेर सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

करिब १२ आना जमिनमा फैलिएको उक्त स्थान पछिल्लो समय स्थानीयले पिकनिक स्पटको रुपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?