२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
युवा ग्यालरी

‘लापता लेडिज’: घुम्टोभित्र छोपिएको पितृसत्ता

वैशाख २४, २०८१

घुम्टोभित्र छोपिएका र उस्तै रातो साडीमा दुई बेहुली रेलको एउटै डब्बामा छन् । यात्राको बीचमै उनीहरू साटिन पुग्छन् । एक बेहुली रेल्वे स्टेसनमै हुन्छे । त्यसपछि सुरु हुन्छ, ‘लापता लेडिज’ फिल्मको ...

सन् १९१३ मा आजकै दिन : भारतमा पहिलो फिचर फिल्म

सन् १९१३ मा आजकै दिन (मे ३) मा भारतमा पहिलो फिचर फिल्म ‘राजा हरिषचन्द्र’ को प्रिमियर गरिएको थियो । फिल्मको बम्बे (हाल मुम्बई) स्थित कोरोनेसन सिनेमामा प्रिमियर गरिएको हो ।

शिक्षामा परोपकारी हात

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की रचना सुनार बालविवाहले जरो गाडेको समुदायमा हुर्किइन् । ६ बहिनी र भाइमध्येकी जेठी हुन् उनी । मध्यम वर्गीय परिवारमा जन्मेहुर्केकी उनलाई पनि अभिभावकले कलिलैमा विवाह गरेर पठाइदिने तयारीमा थिए । १० कक्षामा पढ्दै गरेकी उनी भने विवाहका लागि राजी भइनन् ।

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

हटडक्समा 'देवी'को वर्ल्ड प्रिमियर

सुविना श्रेष्ठद्वारा निर्देशित डकुमेन्ट्री 'देवी'को हटडक्स क्यानेडियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । ८० मिनेट लामो यो डकुमेन्ट्री उत्तर अमेरिकाको सबैभन्दा ठूलो फेस्टिभल हट डक्सअन्तर्गतको 'अन्तर्राष्ट्रिय स्पेक्ट्रम डकुमेन्ट्री प्रतिस्पर्धा'मा छनौट भएको हो । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् । 

फेसनमा संस्कृति र पर्यटन

तानसेन नगरपालिका–५, कैलाशनगर पाल्पाकी अनिता खाती क्षेत्रीले दर्जनौं देशमा आयोजित ‘फेसन शो’ मा भाग लिइसकेकी छन् । ती शोहरूमा नेपाली मौलिकता र संस्कृति प्रयास गर्छिन् । उनले हालै क्यानभासमा हातले पेन्ट गरेको पोसाकमा नेपाली झन्डासँगै काठमाडौंको धरहरा, पाल्पाको रानीमहल र पाल्पाली ढाका अटाएकी छन् । ‘लिगेसी टु टेक प्राइड’ शीर्षकमा तयार पारिएको पोसाक पाल्पा दरबारमा डमीका रूपमा राखिएको छ । 

शशांकको सनसनी

यस सिजनमा शशांकले निकै राम्रो खेलेका छन् । उनी निकै भलादमी पनि छन् । उत्तिकै विशेष खेलाडी पनि हुन् । उनी जत्तिको खेलाडी हुनु ठूलै कुरा हो । उनले जसरी खेलिरहेका छन्, त्यो अविश्वसनीय छ ।’ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा शुक्रबार राति पञ्जाव किंग्सले कीर्तिमानी जित निकालिसकेपछि जोनी बियरस्टोले यस्तो प्रतिक्रिया दिएका थिए ।

सन् २००३ मा आजकै दिन : पाको उमेरमा एक नम्बर बने आगासी 

सन् २००३ को आजकै दिन (२८ अप्रिल) मा अमेरिकी टेनिस खेलाडी आन्द्रे आगासी सबैभन्दा पाको उमेरमा पुरुष टेनिसको विश्व वरीयतामा शीर्ष स्थान ओगट्न सफल भएका थिए ।

चिया चखाउँदै 'लेडिबग'

इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल ।

सन् १९८६ आजकै दिन : विनाशकारी वातावरणीय प्रकोप 

सन् १९८६ मा आजकै दिन (अप्रिल २६) मा इतिहासकै विनाशकारी वातावरणीय प्रकोप उत्पन्न भएको थियो । युक्रेन (तत्कालीन सोभियत संघ) को चेर्नोबिल आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट र आगलागीका कारण वातावरणमा विकिरण फैलिएको थियो ।

लेयर्समा जमेका युवराज

बाह्र वर्षअघि गाउँका प्रायः युवा रोजगारीका लागि खाडी मुलुक जाने क्रम बढ्दो थियो । इलेक्ट्रिसियनको काम सिकेकाले शिवराज नगरपालिका–४ डकैयाका ४३ वर्षीय युवराज अधिकारीले रोजगारीका लागि कतार जाने सोच बनाए ।

क्वेयर युवालाई लेखन कार्यशाला

क्वेयर युवाहरूलाई लक्षित गरी रचनात्मक लेखन कार्यशाला ‘आफ्नै कोठा’ सञ्चालन गरिएको छ । एकदिने कार्यशालामा १६ क्वेयर युवाहरूले सहभागिता जनाएका थिए । कार्यशाला संयुक्त राष्ट्रसंघ–नेपाल र कथा साथले संयुक्त रूपमा आयोजना गरेको हो ।

सन् २०२१ आजकै दिन : महिला निर्देशकलाई अस्कर

सन् २०२१ मा आजकै दिन (अप्रिल २५) मा चिनियाँ निर्देशक क्लोइ झाओले उत्कृष्ट निर्देशनतर्फ अस्कर अवार्ड जितेकी थिइन् । उनी अस्कर अवार्ड जित्ने पहिलो गैरश्वेत तथा दोस्रो महिला निर्देशक हुन् । 

कर्णालीमा मिस नेपाल अडिसन

मिस नेपालको आगामी संस्करणका लागि बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अडिसन भएको छ । अडिसनमा ११ जना युवतीले सहभागिता जनाएका छन् । नेपालभरका युवतीलाई प्रतियोगितामा सहभागी गराउने उद्देश्यले कर्णाली प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न लागिएको आयोजक ‘द हिडन ट्रेजर’ले जनाएको छ । 

नारीका कथा उठाउने सुलक्षण

आठ वर्षकी बालिका । आमाको काखबाट छुटाएर २४ वर्ष जेठो युवकसँग बिहे । घर व्यवहार सिकाउन १७ वर्ष नपुगुञ्जेलका लागि फेरि माइतीमै फिर्ता । यही दौरान उनका पतिको भने नदी तर्ने क्रममा निधन हुन्छ । अनि सुरु हुन्छ, नाबालिग विधवाको दुर्दशा । घरभित्रै ससुराद्वारा बारम्बार बलात्कृत हुन्छिन् उनी ।