अदालतको अवहेलना मुद्दा : 'फेक अडियो' प्रकरणमा जोडिएका ३ जनाकै बयान सकियो

वैशाख २४, २०८१ १८:३५

सर्वोच्च अदालतले फेक अडियो प्रकरणमा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल,  कार्यकारी सम्पादक नविन ढुंगाना र अडियो रेकर्ड गर्ने भनिएका राजकुमार तिमिल्सिनाको बयान सकेको छ ।

एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'

वैशाख २४, २०८१ १८:१७

नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

रास्वपाका मन्त्रीहरूद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई पत्राचार

वैशाख २४, २०८१ १८:०२

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आफूहरूको सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेका छन् ।

शंखपार्कमा एक पुरुषको शव फेला

वैशाख २४, २०८१ १७:५२

काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

अर्को समीकरण बनाउन लागेको चर्चा निराधार : नेकपा एस

वैशाख २४, २०८१ १७:४९

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको दाबी गरेको छ । जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गरेको छ ।

बजेटमा महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

वैशाख २४, २०८१ १७:४६

अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीलक्षित सहुलियतपूर्ण व्यवस्थाहरू राख्ने बताएका छन् ।महिला उद्यमी महासंघका पदाधिकारी सोमबार मन्त्रालयमा गरेको छलफलमा अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सरकारको प्राथामिकतामा छैन सेती लोकमार्ग

वैशाख २४, २०८१ १७:४१

उत्तर–दक्षिण जोड्ने सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अघि बढ्न सकेको छैन । आयोजनाले कैलालीको टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

वैशाख २४, २०८१ १७:३६

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

भारतले गण्डक नहरमा पानी बन्द गर्दा विद्युत् उत्पादन ठप्प

वैशाख २४, २०८१ १७:३४

भारतले गण्डक नहरमा पानी बन्द गरेपछि पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ ।नहर सरसफाई र मर्मतका लागि भन्दै कार्तिक र चैतमा पानी बन्द गर्ने नियमित प्रक्रिया भएपनि यस वर्षबिना जानकारी नहरमा भारतीय पक्षले पानी बन्द गरेको हो ।   

अपाङ्गता भएका व्यक्तिहरुको माग पूरा गर्न मानव अधिकार आयोगको आग्रह

वैशाख २४, २०८१ १७:१५

राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबीच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थप

वैशाख २४, २०८१ १७:१४

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

अशोक राई नेतृत्वको 'जसपा' निर्वाचन आयोगमा दर्ता

वैशाख २४, २०८१ १६:५२

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनमा

वैशाख २४, २०८१ १६:२१

नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) सोमबारदेखि सञ्चालनमा आएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट दुई वटा ट्रकमा सामान पठाएर जाँच चौकीको  शुभारम्भ गरे । 

कान्तिपुरकर्मी शाहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

वैशाख २४, २०८१ १६:१५

कान्तिपुर दैनिकका संवाददाता तृप्ति शाही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । सोमबार नवौँ राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकार शाहीसहित ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत गरेको हो ।

अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने जसपाको निष्कर्ष

वैशाख २४, २०८१ १६:१२

जनता समाजवादी पार्टीले संसद्को अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गर्दै सबैलाई आफ्नो पदीय जिम्मेवारीमा फर्कन अनुरोध गरेका छ ।  अशोक राई नेतृत्वका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । अहिले उक्त निवेदनको अर्थ नरहने भन्दै जसपाले यसबारे कुनै भ्रममा नपर्ने आग्रह गरेको छ । 

प्रधानमन्त्रीले भने : सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान खोज्नुहोस्

वैशाख २४, २०८१ १६:०८

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् ।

युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धारका लागि काम गरिरहेको छु : परराष्ट्रमन्त्री श्रेष्ठ

वैशाख २४, २०८१ १६:०४

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर नछाडेको बताएका छन् । रुसको सेनामा कार्यरत नेपालीको संख्या, उनीहरुको अवस्थाबारे जानकारी, मृतकको शव फिर्ता, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र उनले नेपाल सरकारले रूसी सेनामा भएका सम्झौता खारेज गरेर फिर्ता पठाइदिनपर्ने जस्ता विषयमा रुसी सरकारसँग वार्ता भइरहको उनले बताए । 

वनमा लागेको डढेलोका कारण ५ घरगोठ जलेर नष्ट 

वैशाख २४, २०८१ १५:५८

वनमा लागेको भीषण डढेलोका कारण सल्यानमा पाँच घरगोठ जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण कुमाख गाउँपालिका-५ झ्यामबारीका स्थानीय नरबहादुर बोहरा, पदम घर्ती, कोपिला गुरुङ र बिरबहादुर बुढाको घरगोठ जलेर नष्ट भएका हुन् । 

समावेशी आयोगले भन्यो- 'कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी देखिएन'

वैशाख २४, २०८१ १५:५१

राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारीरुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताइन् । 

खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु, आकाशे पानी पुनःभरण गर्ने उद्देश्य

वैशाख २४, २०८१ १५:४४

काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि सोमबारदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ । 

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

वैशाख २४, २०८१ १५:४०

वैशाख महिनाभर बागलुङका २७ वटा सामुदायिक वनमा लागेको आगोले १ हजार २ सय हेक्टर जमिनको वन क्षेत्र सखाप भएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो बस्तीमा सल्किएर ठूलो जनधनको क्षति भएको छ ।

अतिक्रमित कोहलपुर नगर विकास समितिको जग्गा फिर्ता ल्याउने तयारी

वैशाख २४, २०८१ १५:३५

लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र गृह प्रशासन मिलेर फिर्ता ल्याउने भएका छन् । कोहलपुर नगरपालिकाको आयोजनामा आइतवार भएको सर्वदलीय-सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता गर्ने सहमति भएको हो ।

नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

वैशाख २४, २०८१ १५:१८

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १५.६२ अंकले घटेर १ हजार ९ सय ५८.७५ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.७९ प्रतिशतले घटेको हो । आइतबार २४ अंकले घटेको नेप्से सोमबार पनि दोहोरो अंकले घटेको हो ।

इनड्राइभले चालकबाट १० प्रतिशत कमिसन लिने, यात्रुको वीमा सुविधा

वैशाख २४, २०८१ १५:१५

राइड हेलिङ प्लाटफर्म इनड्राइभले दर्ता प्रक्रियापश्चात अब काठमाडौं, चितवन र पोखरामा औपचारिक रूपमा सेवा सुरू गरेको जनाएको छ । नेपालमा दर्ता भई कर प्रक्रियामा जोडिएसँगै अब इनड्राइभरले चालकहरूबाट १० प्रतिशतसम्म कमिशन शुल्क लिने घोषणा गरेको छ । यात्रुले चालकलाई तिर्ने शुल्कबाट चालकले इनड्राइभलाई सर्भिस चार्ज दिनुपर्छ ।

डिजिटल बिमालेखको पूर्वाधार निर्माण गर्न बिमा प्राधिकरणको निर्देशन

वैशाख २४, २०८१ १४:५६

बिमा कम्पनीहरुलाई डिजिटल बिमालेखका आवश्यक पूर्वाधार निर्माण गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । प्राधिकरणले डिजिटल बिमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

संगीत पुरस्कार स्थापना

वैशाख २४, २०८१ १४:१०

इलामका संगीतकार कोमल निरौला परिवारले दिवंगत श्रीमती सरस्वती निरौलाको स्मृतिमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ घोषणा गरेको छ । 

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

वैशाख २४, २०८१ १४:०७

गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ लुटियो

वैशाख २४, २०८१ १३:४५

धनुषाको शुभ श्री बचत तथा ऋण सहकारी ८० लाख रुपैयाँ सोमबार लुटिएकाे छ । जनकपुरकाे भानुचाेकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हाैनानजिक माेटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन्  ।

लेक लागेर घाइते भएका एकको उद्धार 

वैशाख २४, २०८१ १३:३५

लेक लागेर विरामी भएका एक जनाको नेपाली सेनाले उद्धार गरेको छ । खप्तड घुम्न गएका बेला लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको उद्धार गरिएको हो । 

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

वैशाख २४, २०८१ १३:१९

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

मन्त्री पदबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण 

वैशाख २४, २०८१ १३:१८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टीबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पुन: मन्त्रीको पदभार ग्रहण गरेका छन् । केन्द्रमा आइतबार पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उनले सोही मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेका हुन् ।

उद्घाटन गरेको ३ वर्षमा पनि बनेन धरहरा

वैशाख २४, २०८१ १२:४१

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माण अहिलेसम्म पूरा भएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो ।

सम्भव होला हेलिकोप्टरबाट डढेलो नियन्त्रण ?

वैशाख २४, २०८१ १२:२१

गत चैत १ यता डढेलो र आगलागीमा परी विभिन्न जिल्लामा ५० जनाको मृत्यु भएको छ । त्यस्तै १४९ जना घाइते भएका छन् । अर्बौं रुपैयाँबराबरको भौतिक संरचना नष्ट भएको छ । डढेलोले हजारौं हेक्टर वन क्षेत्र मात्र नभई बस्ती नै सखाप भएको छ । 

अग्निपीडितलाई शिक्षकहरूको आर्थिक सहयोग

वैशाख २४, २०८१ १२:०१

हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितलाई शिक्षक–शिक्षिकाहरूले राहत वितरण गरेका छन् । म्यासेन्जर ग्रुप बनाएर शिक्षक–शिक्षिकाबाट संकलन भएको रकमबाट राहत वितरण गरेका हुन् ।

राजनीतिक स्थिरताका लागि ठूला दलहरूबीच सहमति आवश्यक : लेखक

वैशाख २४, २०८१ ११:५०

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि प्रमुख दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । उनले अहिलेको सत्ता समीकरणमा भएका दलहरूभित्रै असन्तुष्टि देखिएकाले पनि गम्भीर रुपमा छलफल हुनु आवश्यक भएको बताए । 

तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

वैशाख २४, २०८१ ११:३४

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

गाँजासहित २ महिला पक्राउ 

वैशाख २४, २०८१ ११:२९

प्रहरीले २ महिलालाई लागूऔषध गाँजासहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बो छन् । 

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

वैशाख २४, २०८१ ११:२१

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । वाग्मती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।

फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

वैशाख २४, २०८१ ११:०६

जिल्ला अदालत रुपन्देहीले चोरी मुद्दामा दोषी ठहर गर्दै फैसलामा जरिवाना सुनाइएका एक प्रतिवादी ३५ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ का गोपाल रानामगरलाई ३५ वर्षपछि आइतबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

मधेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु

वैशाख २४, २०८१ ११:०१

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले बोलाएको संसदीय दलको बैठक मधेश भवन मुख्यमन्त्री निवासमा सुरु भएको जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले बताए ।

पाल्पामा वैशाख महिनामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप

वैशाख २४, २०८१ १०:५८

वैशाख महिनामा पाल्पामा मात्रै ३ हजार ५ सय ८६ हेक्टर जंगल डढेलोले सखाप भएको छ । मानव बस्ती, पक्षी, चौपाया मात्र होइन तीन जना डढेलो निभाउन गएका नागरिक घाइते भएका छन् । 

अख्तियारका सचिवको यात्रा : नासुदेखि सहसचिवमा खुला प्रतिस्पर्धा

वैशाख २४, २०८१ १०:१०

अंग्रेजीमा एउटा पदावली छ– ‘हिस्टोरिकल एम्नेसिया’ अर्थात् ‘ऐतिहासिक विस्मरण’ । कुनै समय जीवनमरणको घटना समयक्रममा केही होइनजस्तो गरी बिर्सने मनुष्यको आम बानीलाई जनाउन प्रयोग गरिने यो पदावलीमा हाम्रा वैयक्तिक अनुभवको पनि पुट पाइन्छ । जस्तो कि, ९ वर्षअघि महाभूकम्प जाँदा हामी भुल्नै नसक्ने त्रासदीको क्षणमा पुग्यौं भन्ने ठान्थ्यौं । अग्ला घर बनाएकामा पछुताएका थियौं । र, हेर्दाहेर्दै सभ्यता नै बढारिएलाजसरी बस्तीका घरहरू धूलोमा मिलेपछि ‘मरिलानु के रहेछ र ?’ भनेर जीवनको क्षणभंगुरताका बारेमा घोत्लिएका थियौं । तर, समयक्रममा यो सब विस्मृतिको गर्तमा पुग्यो ।

थाङ्ग्रा र जङ्क्सन पिपलबोटलाई पहिचान पुरस्कार 

वैशाख २४, २०८१ १०:०८

‘वादी विज्ञप्ति’ कविता–किताब र ‘लेखककी स्वास्नी’ उपन्यासबाट चर्चित भएकी लेखक प्रगति राई र पत्रकार प्रकाश गुरागाईंलाई पहिचान पुरस्कार प्रदान गरिएको छ । ‘पहिचान पुरस्कार कोष’ले लेखकद्वयलाई पुरस्कृत गरेको हो । 

'हिरामन्डी'को चर्चापछि मनीषा भन्छिन् : हामीले सक्दो राम्रो गर्ने हो 

वैशाख २४, २०८१ ०९:५७

‘हिरामन्डी : द डायमन्ड बजार’ को चारैतर्फ चर्चा चुलिरहेका बेला त्यसमा प्रमुख भूमिका निभाएकी मनीषा कोइराला खुसी छिन्, अहिलेसम्म प्राप्त प्रतिक्रियालाई लिएर । नेटफ्लिक्समा रिलिज हुनुअगाडि उनी त्यसको प्रमोसनमा खुबै व्यस्त रहिन् । मनीषा आइतबार राति काठमाडौं आइपुगिन्, सायद केही थाकेकी हुनुपर्छ ।

यामाहाको महाएक्सचेन्ज मेला 

वैशाख २४, २०८१ ०९:४०

नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले एक्सचेन्ज इभेन्ट ‘यामाहा महाएक्सचेन्ज मेला–०८१’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला एक साता चल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आईएमईको प्लास्टिक खपत घटाउने प्रतिबद्धता 

वैशाख २४, २०८१ ०९:३३

ग्लोबल आईएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिकविरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लास्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यास गर्ने भएको छ ।