२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मन्त्री पदबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण 

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टीबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पुन: मन्त्रीको पदभार ग्रहण गरेका छन् । केन्द्रमा आइतबार पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उनले सोही मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेका हुन् ।

मन्त्री पदबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण 

चैत २३ गते विनाविभागीय मन्त्री बनेका उनलाई वैशाख ६ गते मुख्यमन्त्री महराले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री भएको तीन दिनमा ९ गते पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।

महराको नेतृत्वमा सरकार गठन गर्दा चैत २२ गते जसपालाई दुई मन्त्रालय दिने ७ बुँदे लिखित सहमति भएको थियो । वैशाख ६ गते सात सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दा जसपाबाट थप एक जना मन्त्री नथपिएपछि सहमति मुख्यमन्त्रीले पालना नगरेको भन्दै अहिरले पदबाट राजीनामा दिएका थिए ।

बाँके निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित अहिले पदभार ग्रहणपछि मन्त्रायलाई बन्धक बनाइ राख्न नहुने भएकोले शपथ ग्रहण गरेर काममा लागेको बताए । अहिरले मन्त्री पदबाट राजीनामा दिएपनि मुख्यमन्त्री महराले स्वीकृत गरेका थिएनन् ।

`म अशोक राई नेतृत्वमा रहेको पार्टीबाट मन्त्री बनेर पदभार ग्रहण गरेको छु,' उनले भने, `एउटै जिल्ला बाँकेबाट ३ जना सांसद छौं, हामी सबै एकैठाउँमा छौं ।'

अहिरले पदभार ग्रहण गरेपछि १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?