२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

बस्न्यातलाई टर्किस एयरलाइन्स गल्फ कप

काठमाडौँ — कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप काठमाडौं छनोट जितेका छन् । गोकर्ण गल्फ क्लबमा आइतबार उनले ४२ स्टेबलफोर्ड अंक जोड्दै विजेता बनेका हुन् । योसँगै उनी टर्कीको अन्तलियामा डिसेम्बरमा हुने टर्की एयरलाइन्स वर्ल्ड गल्फ कपका लागि छनोट भएका छन् । 

बस्न्यातलाई टर्किस एयरलाइन्स गल्फ कप

रेने विजय श्रेष्ठ इनहाउसले ४१ स्कोर गर्दै वेस्ट ग्रसको उपाधि जिते । उनले काउन्ट ब्याकमा टासी छिरिङलाई पराजित गरेका थिए । एक ह्यान्डिक्याप लिएर खेलेका दुवै गल्फरले ५ अन्डर ग्रस गरेका थिए । रेनेले ब्याक नाइनमा २३ स्कोर गरेका थिए भने टासीले २१ स्कोर ।

टासी ४० नेट अंक जोड्दै उपविजेता बने । आशिष श्रेष्ठले ३८ स्कोर गरे । उनले पुरुषमा क्लोजेस्ट टु द पिनको उपाधि जिते । यो विधाको महिलातर्फ उपाधि गीता गुरुङले पाइन् । नवाङ फिन्जो शेर्पाले १३ नम्बर होलमा होल इन वान गरेका थिए । उनलाई काठमाडौं–इस्तानबुल–काठमाडौंको टिकट प्रदान गरिएको थियो ।

टर्किस एयरलाइन्सको प्रायोजनमा भएको प्रतियोगितामा ९१ गल्फरले स्टेबलफोर्ड फर्म्याटका आधारमा खेलेका थिए । टर्किस एयरलाइन्स काठमाडौंका प्रबन्ध निर्देशक सेरकन बेसर, रिजनल सेल्स म्यानेजर बेनजिर खान, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नथानलगायतले विजयी खेलाडीलाई पुरस्कृत गरेका थिए ।

प्रकाशित : वैशाख २४, २०८१ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?