२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

प्रदेशस्तरीय भलिबलमा नवलपुर र पर्वत विजयी

गोरखा — गण्डकी प्रदेशका जिल्लास्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले उपाधि जितेको छ । जिल्ला विकास समितिको समन्वय तथा प्रदेश समितिको आयोजनामा गण्डकी प्रदेश जिल्लास्तरीय भलिबल प्रतियोगिता गोरखाको वारपाकमा भएको थियो ।

प्रदेशस्तरीय भलिबलमा नवलपुर र पर्वत विजयी

बुधबार नवलपुर र स्याङजाबीच भएको फाइनल खेलमा ३–२ को सेटले नवलपुर पहिलो बनेको हो । पहिलो बनेको नवलपुरले एक लाख नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ ।

दोस्रो बनेको स्याङजाले नगद ७५ हजार र तेस्रो बनेको म्याग्दीले ५० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।

महिलातर्फ पर्वत र म्याग्दीबीच भएको फाइनल खेलमा ३–२ सेटले पर्वत पहिलो बनेको हो । पहिलो बनेको पर्वतले एक लाख, दोस्रो बनेको म्याग्दीले ७५ हजार र तेस्रो बनेको स्याङजाले ५० हजार नगदको साथका ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

सोमबारबाट सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १० जिल्लाका टिमले सहभागिता जनाएका थिए । सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ नवलपुरका हिमाल सुनारी बने भने महिलातर्फ पर्वतकी रिमा कुँवर बनिन् । उनीहरुलाई पनि नगद पुरस्कारका साथ पुरस्कृत गरिएको थियो ।

प्रकाशित : वैशाख १२, २०८१ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?