कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको लगातार हार

काठमाडौँ — एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ मा नेपालले मंगलबार राति लगातार हारको क्रमलाई रोक्न सकेन । रिफाको नेसनल स्टेडियममा भएको खेलमा नेपाल बहराइनको हातबाट ३–० ले पराजित रह्यो । एसियाकप छनोट पनि रहेको यस खेलमा नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो ।

विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको लगातार हार

यो खेल बहराइनको ‘होम म्याच’ रह्यो । त्यस अगाडि आफ्नो ‘होम म्याच’ का रूपमा भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित रहेको थियो । बहराइनले हात पारेको यसपल्टको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले गोल गरे । छनोटमा नेपालको यो लगातार चौथो हार हो ।

यससँगै नेपाल बिना कुनै अंक समूहको पुछारमा छ । यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३–० ले हरायो । सबै चार खेल जितेर यूएई १२ अंकसहित शीर्षमा छ । बहराइनको भने नौ अंक भएको छ । यमनको तीन अंक छ । अब छनोटका बाँकी दुई खेलमा नेपालले यूएई र यमनको सामना गर्नेछ ।

प्रकाशित : चैत्र १४, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?