२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका–४ रानीपुरस्थित भित्री सडक खण्डमा रोकि राखेको ट्र्याक्टरमा जडान गरेको थ्रेसरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले भे ११ प ४५४० नम्बरको मोटरसाइकल चालक मधुवन नपा–७ का ३५ वर्षीय पहाडी थारुको उपचारको क्रममा मृत्यु भएको जनाए ।

बुधवार गम्भीर घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । यसै गरी मोटरसाइकल पछाडि बसेका गम्भीर घाइते भएका ६० वर्षीय चौतारिया थारुको उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?