२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

फेक अडियो प्रकरण : रेकर्ड गर्ने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौँ — 'सिधाकुरा' नामक अनलाइन तथा युट्युब च्यानललाई न्यायाधीश र मिडिया सञ्चालकले भ्रष्टाचार गरेको भनेर अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई सर्वोच्च अदालतले प्रहरीको जिम्मा लगाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए । 

फेक अडियो प्रकरण : रेकर्ड गर्ने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो

तिमल्सिनाले उक्त अडियो उपलब्ध गराएको बयान कँडेलले दिएका थिए । सोही बयानपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनालाई बयानका लागि बोलाएको थियो ।

आइतबार तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्च अदालतका रजिस्ट्रारमार्फत प्रहरीको जिम्मा लगाउन आदेश दिइएको हो । उनको बयान सोमबार पनि निरन्तर रहने आदेशमा उल्लेख छ ।

यस्तै सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुनु भनेर तारिखमा छोड्न आदेश दिइएको छ ।


प्रकाशित : वैशाख २३, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?