सन् १७९९ मा आजकै दिन : भारतीय शासक टिपु सुल्तानको मृत्यु
काठमाडौँ — सन् १७९९ मा आजकै दिन (मे ४) मा भारतीय शासक टिपु सुल्तानको मृत्यु भएको थियो । उनी दक्षिण भारतस्थित मैसुरका मुस्लिम शासक थिए । १७५१ मा भारतको देवनहल्लीमा जन्मिएका सुल्तान ‘टाइगर अफ मैसुर’ को उपनामले चर्चित थिए ।
सुल्तानले आफ्नो शासनकालमा सिक्का र क्यालेन्डरको प्रचलन सुरु गरेका थिए । फ्रान्सेली सेनाबाट प्रशिक्षण लिएका सुल्तान युद्धकलामा निपुण थिए । सुल्तानले अंग्रेजसँग लडाइँ गर्न भारतमै रकेट तथा तोप निर्माण गरेका थिए । त्यसका साथै शत्रुहरूलाई परास्त गर्न उनले युद्धमा हात्तीको प्रयोगसमेत गर्ने गर्थे ।
ब्रिटिस इस्ट इन्डिया कम्पनीले १७६७ देखि १७९२ बीचमा सुल्तान र उनका बुबा हैदर अलीसँग तीन पटक युद्ध गरेको थियो । ती सबै युद्धमा ब्रिटिस फौज पराजित भएको थियो । तर १७९९ मा मे ४ मा ब्रिटिस फौजले भारतीय सेनाले सहयोगमा सुल्तान र उनको सेनालाई पराजित गर्दै राजधानी श्रीरंगपट्नम कब्जा गरेको थियो । सुल्तान उक्त युद्धमा मारिएका थिए ।
प्रकाशित : वैशाख २२, २०८१ ०७:०९