२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

काठमाडौँ — भारतीय कम्युनिस्ट पार्टी(सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान लखनऊमा अन्जानको निधन भएको हो । उनी ६९ वर्षका थिए ।

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका अन्जान १ महिनादेखि लखनऊस्थित मेयो अस्पतालमा उपचाररत थिए । लखनऊ विश्वविद्यालय छात्रसंघ अध्यक्षका रूपमा सन् १९७७ देखि राजनीतिक यात्रा सुरु गरेका अन्जान सामाजिक न्याय र वामपन्थी राजनीतिमा चर्चित नाम हो ।

नियमितजसो टेलिभिजन बहसमा देखिने अन्जान एक प्रखर वक्तासमेत थिए । उनी सन् १९७३ को उत्तर प्रदेशको चर्चित प्रहरी-पीएसी विद्रोहका प्रमुख नेता थिए । उक्त आन्दोलनमा ३० जना प्रहरी मारिएका थिए सयौंलाघ सेवाबाट बर्खास्त गरिएको थियो ।

प्रकाशित : वैशाख २१, २०८१ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?