२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कभर्डहलमा फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौँ — नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौल समूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबार सुरु भएको छ ।

कभर्डहलमा फुल कन्ट्याक्ट कराते सुरु

प्रतियोगितामा सात प्रदेश, आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीले भाग लिएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिन वज्रका विशाल सुनुवार, केडब्लूडब्लूका सरोज श्रेष्ठ, क्योकुसिन कानका रवीन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ जित पाउँदा क्वाटरफाइनल पुगेका छन् ।

महिला खुला तौलमा आर्मीकी अनुपा नेपाली, एपीएफ रीना माझी, क्योकुसिन वज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान अन्तिम आठमा पुगे ।

पुरुष ५० केजीमा एपीएफका सुनील तामाङ, क्योकुसिन वज्रका विज्ञान तोलाङ्गे, आईकेकेएफका सुशील अधिकारी, आईकेओका दीपेन्द्र रोकाया, क्योकुसिन वज्रका हेमन्त बस्नेत, आईकेएका अनिल लोहार, आईकेकेएफका सुजन तामाङ र क्योकुसिन वज्रका सुसन लामा क्वाटरफाइनल पुगेका छन् ।

पुरुष/महिला दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?