२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसको ध्यानाकर्षण 

माधव अर्याल

पाल्पा — कांग्रेस पाल्पाले आमजनताले आफ्नो पसिना बगाएर कमाएको रकम जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्न नदिन पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसको ध्यानाकर्षण 

समसामयिक विषयवस्तुमाथि ध्यानाकर्षण गराउँदै पछिल्लो समयमा सहकारी ठगी र अपचलनका समाचारहरु आइरहँदा अर्थतन्त्रको एउटा खम्बा हल्लिएर राज्यको जग नै हल्लिन सक्ने अवस्था आउन लागेको भन्दै कांग्रेसले ज्ञापनपत्र बुझाउँदै सरकारलाई सजग गराएको हो ।

जिल्ला सभापति हिमालदत्त श्रेष्ठले हस्ताक्षर गरेको पत्रमार्फत् कांग्रेसले जनताको प्रत्यक्ष संलग्नतामा सञ्चालन हुने विभिन्न प्रकृतिका सहकारीहरुलाई अर्थतन्त्रको खम्बा मानिए पनि पछिल्ला दिनमा बचत र ऋण परिचालन सहकारीको मापदण्ड अनुसार छ कि छैन र अवस्था के छ ? भन्ने विषयमा प्रशासनले नियमित अनुगमन गर्ने व्यवस्था गर्न माग गरेको छ ।

पाल्पामा सञ्चालित सहकारीको अवस्था र बचत तथा ऋण परिचालनको अवस्थाका विषयमा कानुनको अधिनमा रही आवश्यक समन्वय र अनुगमन गर्न कांग्रेसले प्रशासनको ध्यानाकर्षण समेत गराएको छ । लामो खडेरी र प्रचण्ड गर्मीका कारण जनजीवनमा व्यापक प्रभाव परेको भन्दै कांग्रेस सभापति श्रेष्ठले आगलागीका घटनाबाट जनजीवन झनै अस्तव्यस्त भइरहेको बेला सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताए ।

कांग्रेसले पाल्पामा सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, नजिकमा मानववस्तीमा वातावरणीय असर पुगिरहेको गुनासाका सम्बन्धमा तत्काल यसको व्यवस्थापनका लागि माग समेत गरेको छ ।

प्रकाशित : वैशाख २४, २०८१ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?