२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत

विनोद भण्डारी

विराटनगर — मोरङ उद्योग व्यापार संघको ६७ औं साधारण सभाले सोमबार अनुपम राठीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत

राठी यसअघि संघको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा निर्वाचित गर्ने संघको विधान छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिल साह चुनिएका छन् । यसअघि उनी महासचिव थिए ।

संघको उपाध्यक्षमा उद्योग तर्फ विकासकुमार बेगवानी र वाणिज्यतर्फ अनिल सारडा चुनिएका छन् । त्यसैगरी महासचिवमा सञ्जय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगोडिया र प्रवक्तामा दिपेश सुवेदी चयन भएका छन् ।

त्यसैगरी सदस्यमा मनिस मारु, सुशिल सुराना, विवेक अग्रवाल, विनित सिंघनिया, आशिष जाजु, पवन राठी, दिवाशिस गोल्छा र अमित राठी सर्वसम्मत चुनिएका छन् ।

यसैबीच संघका निवर्तमान अध्यक्ष नविन रिजालले सोमबार नै नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका छन् । नवनिर्वाचित राठीलेकार्यभार सम्हाल्दै संघको कार्यसमितिमा धिरज महत, बन्दना जैन, ओम शर्मा, गोपाल अग्रवाल र कृष्णप्रसाद रिजाललाई मनोनित गरेका छन् ।

प्रकाशित : वैशाख २४, २०८१ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?