फुलेको जाकारान्डा [फोटोफिचर]
काठमाडौँ — हरेक वर्ष यसै समयमा फुल्ने जाकारान्डा काठमाडौंका सडक, फुटपाथ र पार्कहरू रंग्याएका छन् । नीलो तथा बैजनी रंगका ज्याकारान्डालाई धेरैले शिरीषको फूल पनि भन्ने गर्थे । तर विज्ञहरूले यसको वैज्ञानिक नाम 'जाकारान्डा माइमोसिफोलिया' भएको बताएपछि आम मानिसहरू यसलाई 'जाकारान्डा' भन्ने गर्छन्
ब्राजिलको जाकारान्डा नीलो नीरमा फुल्न थालेको छ । केही दिनभित्र ‘काठमान्डु’ ले ‘जाकामान्डु’ को नीलो रूप लिएको छ । दरबारका मालीहरूले ‘चखुँचा स्वाँ’ अर्थात् ‘भँगेरी फूल’ नाम दिएको यस वनस्पति जाकारान्डालाई लेखक पारिजातले ‘शिरीषको फूल’ मा नामान्तरण गरिदिएकी छिन् ।
काठमाडौं उपत्यकाभित्रका दरबार, होटल, रिसोर्ट, रेस्टुराँ एवं विभिन्न संस्थाहरूमा पनि फूल–बिरुवा रोप्ने एवं बगैंचा सजाउने प्रचलन अरू बढ्न थालेको छ ।