२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौँ — टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षका अवसरमा ल्याएको ‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

सपना सापकोटाले एनटर्क रेस ऐडिसन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा शतप्रतिशत क्यासब्याक प्राप्त गरेका छन् । रामबहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेको कम्पनीले जनाएको छ ।

नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाको साथै हरेक हप्ता शतप्रतिशत क्यासब्याक, स्योर–सर्ट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप मूल्यांकन र बजारकै सबैभन्दा कम ईएमआई तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफर उपलब्ध गराएको थियो ।

प्रकाशित : वैशाख २४, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?