२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड

काठमाडौँ — इटालीको 'ट्रेन्टो फिल्म फेस्टिभल'मा 'ह्वील्स अन द बस'ले अवार्ड जितेको छ । फेस्टिभलको ७२ औं संस्करणतर्फ सूर्य शाही निर्देशित यो फिल्मले 'स्टूडेन्ट अवार्ड' जितेको हो । 

ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड

१६ मिनेट लामो यो फिल्म फेस्टिभलको हाइल्यान्ड शीर्षकमा छनौट भएको थियो । फिल्ममा फरक वर्गका दुई मित्रहरुको मित्रतामार्फत समाजमा विद्यमान रहेको जात व्यवस्था र विभेद प्रस्तुत गरिएको छ ।

बर्लिन फिल्म फेस्टिभलको जेनेरेसन के प्लसतर्फ विश्व प्रिमियर भएको यो फिल्मले विकास बोर्डले आयोजना गरेको 'राष्ट्रिय लघु फिल्म प्रतिस्पर्धा' तर्फ प्रथम अवार्ड, किम्फलगायत थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । फिल्मलाई जगदीश हमाल, राजेशप्रसाद खत्री र निर्देशक सूर्य मिलेर लेखेका हुन् । यो फिल्मलाई सुशान्त श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रकाशित : वैशाख २१, २०८१ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?