३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कोडेभर-५ मा नेपाली प्रतियोगी पुरस्कृत 

काठमाडौँ — कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली प्रतियोगी पुरस्कृत भएका छन् । दुबईमा मे ४ र ५ मा भएको कोडेभर-५ अन्तर्राष्ट्रिय प्रतियोगितामा एसिया प्यासिफिक विद्यालयका विद्यार्थीले प्रदर्शन गरेको खुला जमिनमा सिँचाइ प्रविधिको नमुनाले पुरस्कार प्राप्त गरेको हो ।

कोडेभर-५ मा नेपाली प्रतियोगी पुरस्कृत 

उक्त नमुना प्रविधिले 'अवार्ड अफ एक्सिलेन्स २०२३-०२४' पुरस्कार जितेको हो । 'कोडेभर- ५' मा नेपाल च्याम्पियन बनेर दुबइ पुगेका एसिया प्यासिफिकका विद्यार्थीहरुले आफ्नो योजना प्रस्तुत गरेका थिए । विद्यालय तहका छात्रछात्रालाई सूचना प्रविधिमैत्री बनाउँदै कलात्मक बौद्धिकतामा अगाडि लैजाने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा नेपालबाट अन्य सात विद्यालय पनि सहभागी भएका छन् । एसिया प्यासिफिकसँगै नेपालका तीन विद्यालय पुरस्कृत भएको एसिया प्यासिफिकका शिक्षा निर्देशक राजन अधिकारीले जनाए । प्रतियोगितामा नेपालसहित १९ देशका ८ सय विद्यार्थी सहभागी भएका थिए ।


प्रकाशित : वैशाख २४, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?