१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

नान/सिन्हवा

काठमाडौँ — केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

उनले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्नु पर्दा दुःख लागेको बताए । एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेको थियो र आगलागी भएको थियो ।

राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएको बताए । केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनले शुक्रबारदेखि तीनदिने शोक मनाउने घोषणा पनि गरेका छन् ।

उनले पदमा रहँदा मात्रै नभइ सक्रिय सैन्य कर्तव्यमा जीवन गुमाएका सेनापतिको जीवन र प्रतिष्ठित सैनिक जीवनको सम्मानमा राष्ट्रले आजबाट १९ अप्रिलबाट ३ दिने शोक व्यक्त गर्ने बताए ।

प्रकाशित : वैशाख ७, २०८१ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?