२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

वामपन्थी एकताका निम्ति जोखिम उठाउनु राम्रो : प्रधानमन्त्री दाहाल 

'त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर, एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन ।'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय हितका लागि र कम्युनिस्ट आन्दोलनका लागि राजनीतिक जोखिम उठाउँदा राम्रो हुने बताएका छन् । कम्युनिस्ट आन्दोलनको एकताका लागि सबै राजनीतिक दलहरूले एकसाथ आउनुपर्ने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालको भनाइ थियो ।

वामपन्थी एकताका निम्ति जोखिम उठाउनु राम्रो : प्रधानमन्त्री दाहाल 

‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यक रहेको बताए ।

उनले २०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै फेरि पनि राम्रो कामका लागि प्रयास जारी राख्नुपर्ने बताए । 'राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ,’ उनको भनाइ थियो ।

एमाले र माओवादीबीच २०७४ को चुनावमा गरिएको प्रयोगलाई जनता र कार्यकर्ताहरूले अनुमोदन गरेको दाहालले स्मरण गरेका थिए ।

'त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर, एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरीनै राख्नुपर्छ,' दाहालले भने, 'त्यसकारण अहिले पनि हामी कहीँ न कहीँ राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति पनि समाजवादको विकल्प छैन । समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रुपले सहकार्य र कुनै न कुनै रुपले एकतामा जान आवश्यक छ ।'

प्रधानमन्त्रीले देश र जनताको पक्षमा निरन्तर क्रियाशील कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?