२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

हैदरावादको दस विकेटको जित

एजेन्सी

हैदरावाद — ओपनर ट्रेभिस हेड र अभिषेक शर्मा दुवैले नटआउट अर्धशतक बनाएपछि सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार लखनउ सुपर जायन्टसलाई अविश्वसनीय रूपमा दस विकेटले पराजित गरेको छ । यो जितले हैदरावादको प्ले–अफ सम्भावना पनि बलियो बनेको छ ।

हैदरावादको दस विकेटको जित

जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएका हैदरावादका लागि हेडले ८९ र अभिषेकले ७५ रन बनाए । उनीहरूले १०.२ ओभरको खेल बाँकी छँदै जित आफ्नो टिमको नाममा लेखाए । अभिषेकले आठ चौका र छ छक्का प्रहार गरे ।

यस्तै हेडले समान आठ आठ चौका र छक्का प्रहार गरे । त्यस अगाडि लखनउले चार विकेटमा १ सय ६५ रन बनाएको थिाये र त्यसमा आयुश बडोनीले सर्वाधिक ५५ रन बनाएका थिए ।

प्रकाशित : वैशाख २७, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?