२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

युरोपेली च्याम्पिन्स लिग : बायर्नलाई स्तब्ध पार्दै रियल फाइनलमा

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले सनसनीपूर्ण पुनर्आगमन रच्दै बुधबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । उसले सेमिफाइनल दोस्रो लेगमा बायर्न म्युनिकलाई २–१ ले हरायो ।

युरोपेली च्याम्पिन्स लिग : बायर्नलाई स्तब्ध पार्दै रियल फाइनलमा

यससँगै ला लिगा क्लब रियल समग्रमा ४–३ ले अगाडि रह्यो । अब वेम्बलीमा हुने फाइनलमा रियलले अर्को जर्मन क्लब बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । कीर्तिमान १४ पल्टको विजेता रियलका लागि जोसेलुले खेलको ८८ औं र दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे ।

त्यस अगाडि बार्यनले एलफोन्सो डेविसको गोलले ६८ औं मिनेटमा अग्रता लिएको थियो । जोलेसु सब्टिच्युट खेलाडीका रूपमा खेलको अन्त्यतिर मैदानमा प्रवेश गरेका थिए ।

प्रकाशित : वैशाख २७, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?