२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दिल्लीको प्ले–अफ सम्भावना कायमै

काठमाडौँ — कप्तान सन्जु साम्सन अर्धशतकलाई ओझेलमा पार्दै दिल्ली क्यापिटल्सले मंगलबार राजस्थान रोयल्सलाई २० रनले हराएको छ । यो जितपछि दिल्लीको प्ले–अफ सम्भावना कायमै रहेको छ ।

दिल्लीको प्ले–अफ सम्भावना कायमै

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा दिल्लीले पहिले ब्याटिङ गर्दै आठ विकेटमा २ सय २१ रन बनाएको थियो । त्यसमा जेक फ्रेसर म्याकग्रुन्कले २० बलमा ५० रन बनाए । यस्तै अभिषेक पोरेले पनि ६५ रनको योगदान दिए ।

जवाफमा साम्सनले यस सिजनको आफ्नो पाँचौं अर्धशतक पूरा गरे र टिम जिततर्फ अग्रसर देखिएको थियो । तर उनी ८६ रनमा आउट भएसँगै खेल दिल्लीको पक्षमा मोडिएको थियो । हारका बाबजुद राजस्थान १६ अंकसहित दोस्रो स्थानमा छ । दिल्ली भने १२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।


प्रकाशित : वैशाख २६, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?