२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुनसरी जिल्ला लिग बुधबारदेखि

सुनसरी — सुनसरीमा दुई वर्षपछि जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता हुँदै छ । जिल्ला फुटबल संघ सुनसरीले बुधबार वैशाख २६ देखि जेठ ९ गतेसम्म जिल्लामा ‘ए’ डिभिजन लिग हुने जानकारी गराएको छ ।

सुनसरी जिल्ला लिग बुधबारदेखि

अखिल नेपाल फुटबल संघको संयोजनमा हुने लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा हुने जिल्ला फुटबल संघ सुनसरीका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए । इटहरी रंगशाला तथा धरान रंगशालामा हुने प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघमा आबद्ध १० टिम सहभागी हुनेछन् । सहभागी १० टिमलाई २ समूहमा विभाजन गरी लिग संचालन गरिने कार्कीले बताए ।

इटहरी क्षेत्रअन्तर्गत इटहरी रंगशालामा हुने खेलमा राष्ट्रिय जागृति क्लब, एलेभेन एरोज क्लब, इटहरी फुटबल क्लब, ब्वाईज क्लब र गोल्डेनस्टार युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । धरान क्षेत्रअन्तर्गत धरान फुटबल क्लब, गोधुली क्लब, टेम्के क्लब, न्यू-स्टार क्लब र संयुक्त युवा क्लब खेल्नेछन् ।

दुई समूहका उत्कृष्ट चार टिमलाई दोस्रो चरणको नकआउट प्रतियोगितामा सहभागी गराइनेछ । यी खेलहरु भने धरान रंगशालामा हुने जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नबिन राईले जानकारी दिए ।

लिग विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुनेलाई नगद ३ हजार र सर्वाधिक गोलकर्तालाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

लिग च्याम्पियन टोली बढुवा हुँदै प्रदेश लिग खेल्न पाउने छ भने पुछारको टिम घटुवा हुनेछ ।

प्रकाशित : वैशाख २५, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?