२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कर्पोरेट सुपर सिक्सेस : माछापुच्छ्रे च्याम्पियन

काठमाडौँ — माछापुच्छ्रे बैंकले सातौं कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोतिगाको ट्रफी उचालेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार फाइनलमा आईसीएफसी फाइनान्सलाई ३ विकेटले हराएर माछापुच्छ्रेले उपाधि उचालेको हो ।

कर्पोरेट सुपर सिक्सेस : माछापुच्छ्रे च्याम्पियन

एसएस इभेन्ट्सको आयोजनामा हुादै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा २ विकेट गुमाई पूरा गर्‍यो । माछापुच्छ्रेका निशेष केसीले ३१ र वैभव जोशीले १६ रन जोडे ।

निशेषले १४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । वैभवले समान एक चौका र छक्का हाने । आईसीएफसीका सुरज तिमल्सिना र सन्जोक गुरुङले १–१ विकेट लिए ।

आईसीएफसीले ५ ओभरमा एक विकेट गुमाई ६५ रन बनायो । अरविन्द राणाले ३१ रन र सुरज तिमल्सिनाले १६ रन जोडे । अरविन्दले ४ चौका र २ छक्का प्रहार गरे । प्लेअर अफ द फाइनल माछापुच्छ्रेका निशेष केसी चुनिए । यस संस्करण विजेताले आगामी सिजन फ्री इन्ट्री पाएको छ । प्लेयर अफ द टुर्नामेन्टमा आईसीएफसीका सुरज तिमल्सिना र बेस्ट ब्याटर एनआईसी एसियाका अमर रावल चुनिए । बेस्ट बलर पनि सुरज भए । बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुवेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रेकै निशेष केसी चुनिए । सर्वाधिक छक्का प्रहार गर्ने एनआईसी एसियाका अमर रावल थिए भने फेयर प्ले अवार्ड प्राइम बैंकले पायो ।

प्रकाशित : वैशाख २५, २०८१ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?