२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दीपेन्द्रले नेपालको कप्तानी गर्ने, वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० क्रिकेट शृंखलाको तेस्रो खेलमा बुधबार नेपालको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान रोहित पौडेललाई ‘रेस्ट’ दिँदै नेपालले दीपेन्द्रलाई नेतृत्वको मौका दिएको हो ।

दीपेन्द्रले नेपालको कप्तानी गर्ने, वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै

रोहितको १ सय १२ रनमा नेपालले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । उनले दोस्रो खेलमा पनि अविजित ७१ रन बनाए पनि नेपाल १० रनले पराजित भएको थियो । रोहितसहित ओपनिङ ब्याटर कुशल भुर्तेल, अलराउन्डर सोमपाल कामीलाई तेस्रो खेलमा नेपालको प्लेयिङ ११ मा राखिएको छैन ।

दीपेन्द्रसहित लोकेश बम, अनिल साह, विनोद भण्डारी, आरिफ शेख, कुशल मल्ल, विवेक यादव, गुलशन झा, करण केसी, कमलसिंह ऐरी, सागर ढकाल प्लेयिङ ११ बाट खेलिरहेका छन् । विनोद, विवेक, कमल, करणलाई नेपाली टोलीमा ल्याइएको हो ।

वेस्ट इन्डिज ‘ए’ ले ओसेन थोमसको स्थानमा फाबियन एलेनलाई खेलाएको छ । शृंखलामा ऐलेनको यो पहिलो खेल हो ।

प्रकाशित : वैशाख १९, २०८१ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?