कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पलेशा र कविराज सम्मानित

काठमाडौँ — पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई किंग्स लाउन्ज काठमाडौंले सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी पलेशा र उनलाई छनोट गराउन सफल प्रशिक्षक कविराजलाई किंग्स लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठ र डाइरेक्टर कुमार गुरुङले सम्मानपत्र प्रदान गरे ।

पलेशा र कविराज सम्मानित

चीनको ताइयानमा चैत ४ सम्पन्न एसियाली छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिस २०२४ पारालम्पिकमा स्थान बनाएकी थिइन् ।

पलेशा छनोट चरण पार गरेर ओलम्पिक खेल्न लागेकी तेस्रो नेपाली खेलाडी हुन् । यसअघि दीपक विष्ट र संगीना वैद्यले मात्र एसियाली छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

चीनको हाङचाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले कांस्य पदक जितेकी थिइन् । जुन पदक नेपालको पहिलो पारा एसियाड पदक हो ।

यसअघि सन् २०२० मा भएको टोकियो पारालम्पिकमा पलेशाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । त्यसमा तीन स्वर्ण, दुई रजत र ५ कांस्य छ । नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गराइरहेका छन् ।

किंग्स लाउन्जले लामो समयदेखि विभिन्न खेलक्षेत्रका खेलाडीलाई सहयोग गर्दै आइरहेको छ । लाउन्जले पलेशाबाट फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिकमा उच्च प्रदर्शन हुने अपेक्षा गर्दै शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित : वैशाख १८, २०८१ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?