२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

यमनको ह्याट्रिकमा कीर्तिपुर नगरको जित

ललितपुर — कीर्तिपुर नगरपालिका मंगलबार गोदावरीमा भइरहेको प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबलको क्बाटरफाइनलमा पुगेको छ । 

यमनको ह्याट्रिकमा कीर्तिपुर नगरको जित

गोदावरी नगरपालिका–१० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशाला मैदानमा कीर्तिपुरले तारकेश्वर नगरपालिकालाई ५–० ले हराएको थियो ।

कीर्तिपुरका यमन मर्हजनले ह्याट्रिक गर्दा दुई गोल इन्द्रबहादुर बस्नेतले गरेका थिए । यमनले खेलको नवौं, २५ औं र ४६ औं मिनेटमा गोल गर्दा इन्द्रले ५६ र ७० औं मिनेटमा गोल थपेका थिए ।

यमन म्यान अफ द म्याच भए । उनलाई तारकेश्वर नगरप्रमुख कृष्णहरि मर्हजनले ५ हजार र ट्रफी प्रदान गरे ।

सेमिफाइनलका लागि कीर्तिपुरले मध्यपुर थिमिसँग वैशाख २२ मा प्रतिस्पर्धा गर्नेछ । मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर क्बाटरफाइनलमा पुगेको छ ।

प्रकाशित : वैशाख १८, २०८१ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?