१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

पुल्चोक फेरि 'सी’ को शीर्षमा

काठमाडौँ — सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा बिहीबार पुल्चोक क्लब फेरि शीर्षस्थान उक्लेको छ । पुल्चोकसँगै आरसी ३२ दुवैले सुरुआती तीन खेल जितेका छन् । दुवैसँग ९ अंक छ । पुल्चोक भने गोल अन्तरले अगाडि रहेको हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुल्चोकले झम्सिखेललाई ४–१ ले हरायो । यो पुल्चोकको पुनराागमन जित रह्यो । रेफ्रीले

पेनाल्टी दिएको निर्णयप्रति झम्सिखेलको आपत्ति रह्यो र खेल तनावपूर्ण बन्यो । टोलीका प्रशिक्षक अनिश नेपालीलाई रातो कार्ड देखाइयो । २०७४ सालमा ‘बी’ डिभिजनबाट रेलिगेसन परेको पुल्चोकले बढुवा हुनसक्ने संकेत देखाएको छ । बिहीबारै साँगा टिमले आफ्नो दोस्रो जितका लागि रानीवनलाई १–० ले हराएर ६ अंक पुर्‍याएको छ ।


प्रकाशित : वैशाख ७, २०८१ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?