युरोपेली च्याम्पियन्स लिग : रियलसँगै पराजित हुँदै सिटी बाहिरियो
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । सिटी रियल म्याड्रिडको हातबाट टाइब्रेकरमा पराजित भएको हो । रियलसँगै बायर्न म्युनिक पनि सेमिफाइनल पुगेको छ ।
सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा ४–४ को बराबरीमा पुगेको थियो । त्यसपछिको टाइब्रेकरमा रियल ४–३ ले विजयी रह्यो । निर्धारित समयमा रियलले राडरिगोको गोलले अग्रता लिएको थियो ।
त्यसपछि सिटीका लागि केभिन डे ब्रुएनाले बराबरी गोल फर्काए । बायर्नले भने दोस्रो लेगमा आर्सनललाई १–० ले हराउन सफल रह्यो । यससँगै उसले ३–२ को निर्णायक अग्रता लियो । बायर्नका लागि जोसुआ किमिचले निर्णायक गोल गरे ।
प्रकाशित : वैशाख ६, २०८१ ०६:३१प्रतिक्रिया