कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन् २०१५ मा आजकै दिन : अस्ट्रेलियालाई क्रिकेट विश्वकपको पाँचौं उपाधि

काठमाडौँ — सन् २०१५ मा आजकै दिन (मार्च २९) मा अस्ट्रेलियाले एकदिवसीय पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको थियो । ११ औं विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि चुमेको थियो । 

सन् २०१५ मा आजकै दिन : अस्ट्रेलियालाई क्रिकेट विश्वकपको पाँचौं उपाधि

उपाधि जित्ने क्रममा न्युजिल्यान्डले दिएको १ सय ८४ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेटको क्षतिमा भेटाएको थियो । अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको फाइनल खेल ९३ हजार दर्शकले प्रत्यक्ष रूपमा हेरेका थिए । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकप फेब्रुअरी १४ देखि मार्च २९ सम्म चलेको थियो । प्रतियोगितामा अस्ट्रेलियाली बलर मिचेल स्टार्क ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए ।

अस्ट्रेलियाले त्यसअघि १९८७, १९९९, २००३ र २००७ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । अस्ट्रेलियाले गत वर्ष (२००३) को विश्वकप प्रतियोगितासमेत जितेको थियो । आयोजक भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौं उपाधि हात पारेको थियो । अस्ट्रेलियापछि भारत र वेस्ट इन्डिजले दुई–दुई पटक एकदिवसीय पुरुष क्रिकेट विश्वकपको उपाधि जितेका छन् । अस्ट्रेलिया २०२१ को टी–२० विश्वकपको च्याम्पियनसमेत हो ।

प्रकाशित : चैत्र १६, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?