२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लेक लागेर घाइते भएका एकको उद्धार 

बझाङ — लेक लागेर विरामी भएका एक जनाको नेपाली सेनाले उद्धार गरेको छ । खप्तड घुम्न गएका बेला लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको उद्धार गरिएको हो । 

लेक लागेर घाइते भएका एकको उद्धार 

आफन्त सँग घुम्न आएका पनेरु विरामी भएपछि खप्तड स्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो । पनेरुको खप्तडमा प्राथमिक उपचार पछि नेपाली सेनाको टोलीले पाँच घण्टाको पैदल दुरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँ सम्म पुर्‍याएको हो । ‘दारु गाउँबाट थप उपचारको लागि गाडीमा चैनपुर पठाइएको छ', समरजित गुल्मका गुल्मपति दिपेश खड्काले भने । अहिले विरामीको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित : वैशाख २४, २०८१ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?