१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेशसभामा सो पार्टीको संसदीय दलका नेता हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अछामको मङ्गलसेनमा विसं २०३४ मा जन्मिनुभएका सोडारीको हालको स्थायी बसोबास कैलालीको मसुरिया र अस्थायी बसोबास धनगढीमा छ ।

शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गरेका सोडारी विसं २०७० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कैलाली जिल्ला अध्यक्ष थिए । तत्कालीन नेकपा विभाजनका बेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए ।

प्रदेशसभाको विसं २०७४ मा भएको पहिलो निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी सोडारी निर्वाचनपछि गठन भएको प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी बहन गरेका थिए । विगतका राजनीतिक आन्दोलनमा पटकपटक जेल परेका उनी पार्टीको कुशल संगठनकर्ताका रुपमा चिनिन्छन् ।

प्रकाशित : वैशाख ६, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?