कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

महेन्द्र केसीले आर्थिक मामिला तथा योजना मन्त्रालय, दुर्गबहादुर रावतले उद्योग , पर्यटन, वन तथा वातावरण र शेरबहादुर बुढाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र वीर बहादुर शाहीले सामाजिक विकास मन्त्रालयको सपथ लिए ।

यसअघि विना विभागीय मन्त्री बनेका रनसिंह परियारले जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । विनोदकुमार शाहले भूमि , व्यवस्था कृषि तथा सहकारीको जिम्मा पाएका छन् । सपथ कार्यक्रममा भने उनी सहभागी थिएनन् ।

गोमता विकलाई मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको राज्यमन्त्री बनाएका छन् ।


प्रकाशित : वैशाख १८, २०८१ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?