१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

गोरु तस्करीको नयाँ रुट बन्यो  कालीगण्डकी करिडोर 
माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

रामपुर नगरपालिका–२, भलायटारमा गस्ती गर्ने क्रममा ट्रक चेकजााचका क्रममा ४३ वटा गोरुसहित ट्रक नियन्त्रमा लिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गोरु र ट्रक नियन्त्रणमा लिएर छानबिन र थप अनुसन्धानका लागि भैरहवास्थित भन्सार कार्यालय रुपन्देही पठाएको छ ।

रामपुरस्थित केही युवाको सक्रियतामा कालीगण्डकी रुटबाट लैजाँदै गरेका गोरु नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमासमेत उनीहरुले गोरु ल्याएका ट्रक नियन्त्रणका लागि आग्रह गरेको स्थानीयले बताए । स्रोतका अनुसार भारबाट नेपाल भित्रिएका गोरुको नेपाल हुँदै बंगलादेशसम्म तस्करी गर्ने गर्छन् । पछिल्लो समय तस्करहरूले कपिलवस्तु जिल्लाको बहादुरगंज क्षेत्रलाई केन्द्र बनाएका छन् ।

तस्करहरूले कागजपत्रसमेत बनाउने, अदालतको आदेश, कर तिरेको राजश्व अनुसन्धान विभागको (भिसिटिएस) समेत लिएर गोरु पठाउने गर्छन् । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाललेसमेत रामपुर नगरपालिका–१० गेझामा शंका लागेर ट्रक रोक्दा गोरु ओसारपसार भएको पाएको बताए ।

भारतीय गोरुलाई भन्सारमा हिँडाउँदै नेपाल भित्र्याउने र नेपालभित्रका विभिन्न निकायबाट गोरुको नक्कली कागजपत्र बनाएर तस्करी गर्दै आएको भेटिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले आवश्यक पर्ने सबै निकायमा दर्ता गरेर पूर्व झापादेखि पश्चिमसम्म नै खरिद बिक्री गर्न पाउने कागजपत्र बनाएका छन् । पशु चौपाया खरिद बिक्री केन्द्रका नाममा विभिन्न सरकारी निकायमा दर्ता गरेका प्रमाणपत्रसमेत साथमा लिएर गोरुको तस्करी भइरहेको हो ।

‘हामीले आफ्ना मातहतमार्फत् धेरै पटक पक्राउ गरियो,’ पाल्पा प्रहरी प्रमुख चन्दले भने, ‘तर सबै कागजपत्र पुर्‍याएर आउने गरेका छन् । त्यसपछि हाम्रो कुनै उपाय नै चल्दैन ।’

प्रकाशित : वैशाख २७, २०८१ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?