कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ — तुलसीपुरमा ट्रकको ठक्करबाट आइतबार एकजनाको मृत्यु भएको छ । 

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रा १ क ५९६ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय सेफ अलि खाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडि उभिएका खांलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका खाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक चालक तुलसीपुर–१३ का गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको मल्लले बताए ।

प्रकाशित : वैशाख २३, २०८१ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?