२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

गोरखा — ६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई  स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

मनास्लु हिमाल आरोहण दिवसमा पर्यटकलाई सम्मान

धार्चे मनास्लु पर्यटन विकास समिति, मनास्लु संरक्षण क्षेत्र (एमक्याप)को सहयोगमा चुमनुव्री गाउँपालिकाले बिहीबार पहिलो पटक मनास्लु हिमाल आरोहण दिवस पनि मनाइएको छ ।

१९५६ मे ९ मा पहिलो पटक जापानी नागरिक तोसियो इमानीसी र नेपाली नागरिक ग्याल्जेन नोर्वु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसयता चुमनुव्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु हिमाल दुई हजार सात सय १६ जनाले आरोहण गरिसकेका छन् । चुमनुव्री क्षेत्रका मात्र चार जनाले मनास्लुको आरोहण गरेको लामाले बताए ।

दिवसको अवसरमा बिहीबार चुमनुव्री–३ सिर्दिवासस्थित फिल्ममा सांस्कृतिक झाँकी, पर्यटकलाई सम्मान सहितको कार्यक्रम पनि भएको हो । सन् १९५६ भन्दा अघि पनि मनास्लु हिमाल आरोहणका लागि प्रयास भएपनि सफल हुन सकेको थिएन।

मनास्लु हिमाललाई माउण्ट किलरको रुपमा पनि परिचित छ । आरोहण दिवसको अवसरमा प्राकृतिक पुजा पनि भएको थियो । मनास्लु हिमाल आरोहण दिवस पहिलो पटक गाउँपालिकाको अगुवाइमा मनाइएको र आगामी वर्ष पनि निरन्तरता दिने लामाले बताए ।

१९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको आरोहण पछि सेप्टेम्वरमा नेपाल र जापान जापान विच दौतरी सम्वन्ध कायम भएको थियो । दिगो पर्यटन पुर्वाधार विकास का लागि गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिकाले जनाएको छ । हिमाल र बातावरणको सरक्षणको लागि पनि सचेतनामुलक कार्यक्रममा जोड पनि उनलपे बताए ।

प्रकाशित : वैशाख २७, २०८१ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?