स्याङ्जामा चक्कुले घाँटी रेटेर किशोरको हत्या
स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर किशोरको हत्या गरिएको छ । दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।
राप्ती घर भई सोही घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीमगरले आइतबार राति चक्कुले घाँटीमा प्रहार गरेका थिए । घाइते चौधरीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।
उपचारका क्रममा चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । निमबहादुरलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।
प्रतिक्रिया