२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काभ्रे — ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

उनका अनुसार २०८० साल असार २३ गते बेथानचोक गाउँपालिका-४ स्थित राई डाँडामा बुद्ध खत्रीले बदेल मार्न थापेको विद्युतीय पासोमा परी उनकी आमा ६५ वर्षीया मैना भनिने हरिमाया खत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीको अनुसन्धान तथा जाँचबुझमा बुद्धले आफूले विद्युतीय पासो थापेको कुरा बयानको क्रममा स्विकार गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनका अनुसार कार्यालयमा दर्ता भएको ज्यानसम्बन्धी मुद्धा अर्न्तगत प्रहरीले बुद्धलाई जेष्ठ २ गते पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको सहमति बेगर कुनै निर्णय हुननसक्ने व्यवस्थासहितको विधेयक संसदीय समितिबाट पारित भएकोबारे तपाईंको धारणा के छ ?