२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

प्रताप विष्ट

हेटौंडा — पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले ३६ केजी गाँजासहित तीन युवकलाई सोमबार राति नियन्त्रणमा लिएको छ । 

३६ केजी गाँजासहित तीन युवक पक्राउ 

मनहरी गाउँपालिका—७ माइड्रगा खोलानजिक सेनाले मकवानपुरको कैलाश गाउँपालिका—३ का २३ वर्षीय राजेन्द्र घिसिङ,२७ वर्षीय बिवेक चेपाङ र हेटौ)डा उपमहानगरपालिका—१८ का २२ वर्षीय उत्तम पाख्रिनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जना र बरामद गरिएको गाँजा पर्सा राष्ट्रिय निकुञ्जले इलाका प्रहरी कार्यालय मनहरीमा मंगलबार बिहान बुझाएको छ ।

‘तीनै जनालाई थप अनुसन्धान गरेर कारबाही गर्ने छौँ,’ इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताए । मकवानपुरको राक्सिराङ,कैलाश र धादिङका केही पालिकामा उत्पादित गाँजा र अफिम मकवानपुरको मनहरीका विभिन्न नाका हुँदै रातारात पर्सा राष्ट्रिय निकुञ्ज भएर भारततर्फ निकासी गर्ने गरिन्छ ।

प्रकाशित : वैशाख २५, २०८१ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?