३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए ।

'नियमित बस्दै आएको संसदीय दलको बैठक जस्तै सोमबार पनि बसेको हो,' प्रदेश सांसद यादवले भने,‘बैठकमा दुई विषयमा छलफल भयो । प्रदेशसभा नियमित सञ्चालन गर्न जनमत पार्टीसँग छलफल गरी अवरोध खुलाउने र जसपा विभाजनपछि जसपा नेपाललाई एकढिक्का बनाएर पार्टीलाई झन् बलियो बनाउने विषयमा बैठक केन्द्रित थियो ।’

संसदीय दलको बैठकमा १९ जनामध्ये १६ जना सांसद उपस्थित थिए । प्रदेश सांसदहरू महोतरीका सरोजकुमार सिंह, सिरहाकी शहिदा खातुन र बाराका सारदा शंकर कलवार बैठकमा आएनन् । निर्वाचन क्षेत्रको काम र घरमा विवाह भएकोले तीन जना सांसद बैठकमा आउन नसकेको जानकारी गराएको बैठकमा सहभागी सांसदले बताए ।



प्रकाशित : वैशाख २४, २०८१ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?